१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कपिलवस्तुमा टिपर चालकलाई टाइम कार्ड


0
Shares

कपिलवस्तु । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले टिपर चालकलाई टाइम कार्ड वितरण गरेको छ ।

टिपर चालकले अनियन्त्रित रुपमा सवारी चलाउँदा दुर्घटना बढेपछि चालकलाई सचेत गराउन र गति कम गर्न टाइम कार्ड वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक बावुराजा पन्तले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणको माध्यम टाईम कार्ड भएको भन्दै पन्तले चालकले होसियारीपूर्वक सवारी चलाएमा आफू पनि बच्ने र अरुलाई पनि बचाउन सक्ने बताए ।

टिपर चालकले धेरै पटक सामान ओसापोसार गर्न गती तिव्र गराउने हुँदा दुर्घटना धेरै हुने गरेको जनाइएको छ ।

टाइम कार्ड लागू भएपछि टिपर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउनु पर्नेछ ।

तोकिएकोे समयभन्दा छिटो आउने सवारीलाई कारबाही गर्ने पन्तले बताए ।