आगलागीबाट दुई घर नष्ट, बीस लाख रुपैयाँ बराबरको क्षति • Image Khabar Image Khabar


आगलागीबाट दुई घर नष्ट, बीस लाख रुपैयाँ बराबरको क्षति


Imagekhabar
३ बैशाख २०७५, सोमबार ११:४४

आगलागीबाट दुई घर नष्ट, बीस लाख रुपैयाँ बराबरको क्षति

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन । (रासस)

प्रतिक्रिया दिनुहोस्