सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्छ : दाहाल • Image Khabar Image Khabar


सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्छ : दाहाल


Imagekhabar
३ बैशाख २०७५, सोमबार १६:५८

सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्छ : दाहाल

अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले विकसित देशमाझैं शिक्षाको जिम्मा सरकारले लिए अन्तर्राष्ट्रियस्तर कायम हुने दाबी गरे ।

सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्नसके अभिभावक र विद्यार्थीहरुको पनि विश्वास जित्नसकिने भन्दै अध्यक्ष दाहालले वैज्ञानिक शिक्षामा जोड दिए ।

वर्तमान शिक्षा प्रणालीमा व्यक्तिवादी र पुँजीवाद हावी भएको उनले उल्लेख गरे ।

नेपालको शिक्षा क्षेत्रमा शिक्षकहरुले गरेको योगदान स्मरणीय भएपनि अझै मिहिनेत गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्