६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


0
Shares

चितवन, मंसिर ४ । चितवनको भरतपुर महानगरपालिका–२६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवारी व्यक्ति भने घाइते भएका छन् । मृत्युु हुनेमा भरतपुर–१८ रार्इगाँउका ३० वर्षीय निकराम गुरुङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाँउका बालकृष्ण तामाङको भने भरतपुरमा उपचार भइरहेको छ । ज्योतिनगरबाट सेमरीतर्फ जाँदै गरेको ना१२प ४०९१ नम्बरको मोटरसाइकल गएराति ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ ।