
मोटरसाइकलको ठक्करबाट सांसद लामाको देब्रे खुट्टा भाँचिएको छ । धनगढीको मुख्य सडकमा हिँडिरहेको समयमा से४प ५०९१ नम्बरको मोटरसाइकलले लामालाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक अछाम, साँफेबगर नगरपालिका–३ का २५ वर्षीय शैलेश्वर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी नयव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।
प्रहरीकाअनुसार सांसद लामालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्