२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा परिचालकलाई आइतबारबाट कारवाही


0
Shares

काठमाडौं, मंसिर ४ । उपत्यकामा फ्लोरेसेन्ट ज्याकेट लगाउन अटेर गर्ने माइक्रो बसका चालक तथा परिचालकलार्इ आगामी आइतबारदेखि कारवाही गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १ गतेबाट यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकामा सञ्चालित माइक्रोबसका चालक र परिचालकलार्इ ज्याकेट लगाउने अभियान सुरु गरेको छ ।

ज्याकेट नलगाउने चालक तथा परिचालकलाई शनिबारसम्म सम्झाई बुझाई गरिने र आइतबारदेखि अटेर गरेको पाइएमा कारवाही गरिने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले  बताए ।

माइक्रोभित्र सवारी रुट र नम्बर प्लेट यात्रुले सजिलै देख्ने गरि अनिवार्य राख्नु पर्नेछ । यदि नराखेको पाइएमा आइतबारदेखि नै कारवाही गरिने पनि उनले जनाएका छन् ।