
भूकम्प गएको तीन वर्ष बित्नलाग्दा घोषित सहायता उपलब्ध गराउन त परै जावस, पछिल्लो समय त्यस्ता दातृ निकायहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलाएको बैठकमा समेत आउन छोडेका छन् ।
प्राधिकरणले उपस्थित हुन पत्राचार गरे पनि पछिल्ला बैठकमा ती दातृ निकायका प्रतिनिधि उपस्थित नभएको जनाएको छ ।
यसरी उपस्थित नहुने दातृ निकायमा साउदी अरेयिबा, नेदरल्याण्ड, नर्वे, स्विडेन, अस्ट्रेलिया, टर्की, अस्ट्रिया, पाकिस्तान, बंगलादेशलगायत छन् । २०७२ वैशाख १२ को भूकम्पलगत्तै सरकारले आयोजना गरेको दाता सम्मेलनमा ती निकाले घोषणा गरेको कुल रकम नौ खर्ब रुपैयाँ भन्दा बढी छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्