Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


छपाइ बिग्रेका नोट बजारमा, गभर्नरको हस्ताक्षरसमेत छैन


0
Shares

काठमाडौं, मंसिर ४ । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागजमात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।

बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एकहजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजगता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् ।

अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरु बताउँछन् । –कान्तिपुर दैनिकबाट