Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


संसद सचिवालयले माग्यो २३ वटा गाडी


0
Shares

काठमाडौं, मंसिर ४ । संघीय संसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्क्याएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुई वटा एक करोड रुपैयाँभन्दा बढी मूल्यका र बाँकी २१ वटा स्कार्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्यकोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाष तुम्बाहाम्फेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी माग गरिएको हो । स्कार्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद सचिवालयले जनाएको छ । –नागरिक दैनिकबाट