Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘संघीयता धरापमा पारियो’


0
Shares

फिक्कल, मंसिर ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीयता धरापमा पार्ने काममा सरकार आफैं लागेको आरोप लगाएका छन् ।

इलामको माई नगरपालिका–२, दानावारीमा स्थापना गरिएको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भने–‘प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैंले सबै अधिकार लिन खोज्नु संघीयता धरापमा पार्ने कार्य हो ।’

नेता कोइरालाले संघीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवं भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैं संघीयताविरुद्धमा रहेको देखाएको बताए ।

उनले अब कांग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दाबी गरे ।

कांग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नम्बर–१ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, कांग्रेस इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक संघ प्रदेश नम्बर–१ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई पनि आग्रह गरे । रासस