
राजापुर, मंसिर ३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बर्दियाको ठाकुरबाबा नगरपालिकानजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
कालिकोटबाट टीकापुरका लागि छुटेको ना४ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा–९ मा अध्ययनरत् विद्यार्थी निर्मला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्