Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


बहुमूल्य जडीबुटी कौडीको भाउमा बेचिदैं, सामान्य प्रशोधन गर्न सके सयौं गुणा बढी मूल्य पाइने


0
Shares

काठमाडौं, वैशाख ७ । बझाङ सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने ।

एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । ‘प्याकेटभित्र त काउलोको पातको धुलो पो रहेछ,’ जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, ‘हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको धुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् । म त छक्क परेँ ।’

आफुले अति सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर विक्री गर्न सकियो भने कैयौं गुणा बढी मूल्य पाईने देखेर उनलाई बजारमा राम्रै माग रहेको चिया मसला व्यवसाय गर्ने सुर चल्यो । उनी यसको उद्योग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सीप प्रविधि सहयोगका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय पुगे ।

त्यहाँ उनले न सल्लाह पाए न सीप र प्रविधिको सहयोग । ‘त्यस्तो खालको कार्यक्रम नै छैन, माथिबाट स्वीकृत भएका कार्यक्रमभन्दा बाहिर गएर हामी कुनै सहयोग गर्न सक्दैनौं भनेर फर्काए,’ उनले सुनाए ।

ठूलोमात्रामा जडीबुटी निकासी हुने गरे पनि कच्चा पदार्थका रुपमा मात्र जाने र सामान्य प्रशोधन हुन नसकेका कारण यहाँका संकलकले दुःख गरेर टिपेको जडीबुटी अत्यन्त सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता रहेको कारोबारी बताउँछन् । –कान्तिपुर दैनिकबाट

Skip This