१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


धादिङ र गोरखाका स्थानीयबीच झडप, छुट्याउन गएका प्रहरी घाइते


0
Shares

नवराज छत्कुली

धादिङ, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ ।

आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुँदा प्रहरीसमेत घाईते भएका छन् ।

ढुंगा र भाटा हानाहान भएपछि झगडा छुट्याउन गएका प्रहरी घाईते भएका हुन् । धादिङका असई विनयकुमार पाण्डे घाईते भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको उनको काठमाडौंमा उपचार भइरहेको छ । 

धादिङ र गोरखाको गरी १० जनाको प्रहरी टिमलाई मेला परिसरमा सुरक्षाका लागि खटाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड भएको छ ।

गोरखातर्फको दुईवटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको ज्वालामुखी गाउँपालिका ५ का वडाअध्यक्ष कृष्ण काप्रीले जानकारी दिए ।