
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ३०० ले उकालो लागेर तोलाको ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने तोलाको ७८० रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ४२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्