
काठमाडौं, बैशाख ८ । नेकपा एमालेका नेता माधवकुमार नेपालले समाज र राष्ट्रका लागि योगदान गर्नेहरुको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल वंशज परिषदले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले सकारात्मक पहिचानबाट सकारात्मक परिणाम आउने भएकाले राज्यले त्यस्ता व्यक्तिको खोजी गर्नु आवश्यक रहेको बताए ।
नेता नेपालले मुलुक सम्मृद्धि र विकासको बाटोतर्फ उन्मुख भइसकेको बताउदै विकासका अवरोधलाई पन्छाउँदै सबैले राम्रो कामलाई मात्र आत्मसात गर्नुपर्ने बताए ।
कार्यक्रममा आध्यात्म क्षेत्रबाट मानव समुदायका लागि योगदान गर्ने स्वामी भागवताचार्य नेपाल र स्वामी श्री दिनबन्धु शास्त्रीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्