१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीनजना घाइते


0
Shares

खदाङको हरियापानीबाट यात्री बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोटतर्फ गइरहेको लु१च ५४६६ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकी छन् ।

त्यस्तै, घाइते हुनेमा दैलेख, चामुन्डा–विन्द्यासैनी नगरपालिका–९ का जिपचालक वीरबहादुर थापा, डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेका जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

घाइते थापा र बोहोराको अवस्था गम्भीर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस