२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


माओवादी केन्द्रको बैठकः पार्टी एकीकरण प्रयास सकारात्मक


0
Shares

काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकीकरणको प्रयास सकारात्मक हुँदै गएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीबीचको एकीकरणको प्रयास सकारात्मक हुँदै गएको निष्कर्ष निकालेको हो ।

बैठकको शुरुमा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक भएका छलफलबारे जानकारी दिएका थिए ।

उनले एकीकृत पार्टीको सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक संरचनाबारे भएको छलफल सकारात्मक भएको र न्यायोचित ढंगले एकीकरण गरिने बताए ।

बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकीकरणको सम्पूर्ण तयारी पूरा भएपछि मात्र मिति घोषणा गरिने निर्णय भएको जानकारी दिइन ।

बैठकमा नेताहरुले पनि न्यायोचित ढंगले एकीकरण गर्न सुझाव दिएका थिए ।