
काठमाडौं, वैशाख ९ । आइतबार शेयर बजारमा उछाल जारी रह्यो ।
नेप्से ५० अंकले बढेर १४ सयमाथि पुग्यो । कारोबार पनि सवा अर्ब बराबर भयो ।
नेप्से ५० अंकले बढेर १४३८ पुगेको हो । यस दिन सबै समूह हरियो रहे ।
बीमा समूहमा सबैभन्दा उच्च ३ सय ५२ अंकको बृद्धि आयो । लघुवित्त समूह पनि १ सय अंकले उक्लियो ।
जलविद्युत समूह ८९ अंक, होटल समूह ६५ अंक, विकास बैंक समूह ६१ अंकले उकालो लागे । उत्पादनमूलक समूह ४० अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ३९ अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीको २९ लाख ९० हजार कित्ता बराबर शेयर १ अर्ब २३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्