
विराटनगर, वैशाख ९ । विराटनगरस्थित क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम थालिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम शुरु गरेको हो । स्तरोन्नतिको काम शुरु भएसँगै विमानस्थल आंशिक रुपमा बन्द गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टंकनाथ सिटौलाले धावनमार्ग सुधार तथा मर्मत गर्न विमानस्थल दिउँसो २ बजेबाट बन्द गरिएको बताए । बिहानबाट दिउँसो २ बजेसम्म भने विमानस्थलमा उडान र अवतरण यथावत सञ्चालन हुनेछन् ।
विमानस्थलको धावनमार्ग सुधार तथा मर्मतको काम शनिबारदेखि शुरु भएको हो । मर्मत सुधारको काम दुई सातासम्म चल्ने नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ ।
विराटनगरबाट रात्रिकालीन उडान पनि हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्