१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पार्टी एकता केही दिनमै : वामदेव


0
Shares

राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष गौतमले नेपाली जनताले यी दुवै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको उल्लेख गर्दै त्यो शक्तिलाई एकताबाट झन् शक्तिशाली बनाउने बताए ।

‘अहिलेको उपलब्धिलाई संस्थागत गरेर वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि बनाउनुपर्छ’–उनले भने–‘अहिलेको शक्तिलाई सदुपयोग गरेर काम गर्न सक्यौं भने मुलुक समृद्ध बन्छ ।’

उपाध्यक्ष गौतमले ‘यदि सरकारले काम गर्न सकेन भने मुलुकमा कम्युनिष्ट ढल्छ र पाँच वर्षमा पुनः नेपाली कांग्रेस उदाउँछ’ भन्दै वाम गठबन्धनको सरकारले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार समाजवाद ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

व्यक्ति विशेष नभइ समाजलाई आधार बनाएर समाजवाद ल्याउने बताउँदै उनले लोपोन्मुख जातिको भाषा–संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उपाध्यक्ष गौतमले आदर्श दम्पतीकारुपमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र इन्दु ज्ञवाली, एमालेका पूर्वनेता भरतमोहन अधिकारी र सविता अधिकारी तथा बवरजंग थापा र सरस्वती थापालाई सम्मान गरे ।

कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले धर्मपत्नीको सहयोगले नै राजनीतिमा अगाडि बढेको बताउँदै आफूहरु असल दम्पतीकारुपमा अहिले पनि रहेको धारणा व्यक्त गरे ।

एमालेका पूर्वनेता अधिकारीले राजनीति गर्नका लागि धर्मपत्नीको भूमिका ठूलो हुने बताए । रासस