
उद्योगी–व्यवसायीहरुका अप्ठ्यारोलाई ख्याल गरी नयाँ बजेट ल्याएमा ‘समृद्ध नेपाल खुसी नेपाल’को सरकारी नारा पूरा हुने उनीहरुले बताए ।
नेपाल चेम्बर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सन्चालनका चुनौती’ विषयमा सोमबार राजधानीमा गरेको कार्यक्रममा उद्योगी–व्यवसायीहरुले निजी क्षेत्रको हित अनुकूल हुने गरी बजेट ल्याउनसके मुलुक समृद्धितर्फ जाने बताए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सबैले सहज तरिकाले व्यापार–व्यवसाय चलाउन पाउने गरी बजेट आउनुपर्नेमा जोड दिए ।
राजश्वसचिव शिशिरकुमार ढुंगानाले उद्योगी–व्यवसायीहरुका वस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य सुझावहरुको सम्बोधन गरी नयाँ बजेट ल्याउने आश्वासन दिए ।
उनले राजश्व संकलनलाई मध्यनजरी गरी आर्थिक समृद्धिका आधार तय गर्नेगरी नयाँ बजेट आउने पनि बताए ।
आर्थिक सम्मृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न सरकार तयार रहेको ढुंगानाले उल्लेख गरे ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम राय, आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललगायतले स्वच्छ प्रशासन अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्