गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी • Image Khabar Image Khabar


गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी


Imagekhabar
११ बैशाख २०७५, मंगलवार ०८:३२

गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी

ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा पुर्‍याएका छन् ।

जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैमै यातायात पुर्‍याएका हुन् ।

सरकारले गरेको काम सुस्त भएको भन्दै स्थानीयले २०७२ सालबाट एक करोड रुपैयाँ संकलन गरेर सडक विस्तारको काम शुरु गरेका थिए ।

सिरिजंघा गाउँपालिकामा पर्ने आम्वेगुदिनको हप्पुखोलाबाट सुरु गरिएको सडक निर्माणको काम हाल साविकको खेवाङ गाविससम्म पुगेको छ ।

हप्पुखोलादेखि झन्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेसम्म समुदायको लगानीमा सडकको ट्रयाक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झन्डै २ करोड रुपैयाँको सहयोगमा थप बाटो निर्माण भइरहेको छ ।

सडक निर्माण गर्न स्थानीयले ५ हजार देखि १ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सडक निर्माणसँगै साना यातायातका साधन सञ्चालन हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्