२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अनुमति लिएरमात्र सिसीटिभी क्यामेरा जडान गर्न जिल्ला प्रशासनको आग्रह


0
Shares

बैतडी, मंसिर २ । जिल्ला प्रशासन कार्यालय बैतडीले अनुमति लिएरमात्रै सिसीटिभी क्यामेरा जडान गर्न आग्रह गरेको छ ।

अनुमतिबिनै सिसीटिभी जडान गरेकाहरुलाई ३५ दिनभित्र अनुमति लिन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिए ।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणको प्रयोग प्रभावकारी बनाउने प्रयोजनका लागि सिसीटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार स्वीकृत लिएरमात्रै जडान गर्नुपर्ने कार्यालयले जनाएको छ । सार्वजनिक निकायहरुले गृह मन्त्रालयसँग र व्यापारिक केन्द्र तथा निजी प्रयोगकर्ताले जिल्ला प्रशासनबाट अनुमति लिएरमात्र सिसीटिभी क्यामरा जडान गर्न पाउने व्यवस्था छ ।

बैतडीमा धेरै स्थानमा अनुमतिबिनै सिसीटिभी जडान गरिएका छन् ।

सिसीटिभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।