बझाङका जनप्रतिनिधिलाई धम्कीपूर्ण पत्र • Image Khabar Image Khabar


बझाङका जनप्रतिनिधिलाई धम्कीपूर्ण पत्र


Imagekhabar
११ बैशाख २०७५, मंगलवार २१:०४

बझाङका जनप्रतिनिधिलाई धम्कीपूर्ण पत्र

दुई नगरपालिका र १० ओटा गाउँपालिका रहेको बझाङ जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन भन्दै चेतावनीपूर्ण पत्र पठाइएको जनाइएको छ ।

देशमा भ्रष्टाचार, कालोबजारी, हत्या–हिंसा, वैदेशिक हस्तक्षेप बढेको र सिंहदरबारको अधिकार स्थानीयस्तरमा पुर्‍याउने नाममा भ्रष्टाचार जनताको घर–दैलोमा पुगेको जिकिर सो पत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्