२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना : दाहाल


0
Shares

रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२, जुुडिबेलास्थित स्मार्टसिटीअन्तर्गत् विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त विचार राखेका हुन् ।

देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उनले स्पस्ट पारे ।

अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको बताए ।

देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्यांकन गर्दै तत्कालीन सहरी विकासमन्त्री प्रभुु साहका पालामा देशका १० सहरमध्ये चन्द्रपुर पनि स्मार्टसिटीको सूचीमा परेको उनले जानकारी दिए ।

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्टसिटीमा रुपान्तरण गर्न डीपीआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफूले निर्देशन दिएको दाहालले स्पस्ट पारे ।

कार्यक्रमका सांसद प्रभुु साहले मानव सूचकांकमा सबभन्दा पछाडि ७५औं स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दावी गरे ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२, जुुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सहरी विकास कार्यालय वीरगन्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुुप्ताले बिहीबार शिलान्यास भएको सडकको कुल लागत रु ८ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिए । रासस