२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेप्सेमा २९ अंकको गिरावट


0
Shares

यसदिन पनि बजार परिसूचक नेप्से २९ अंकले ओरालो लागेर १३ सय ५७ मा आएर थामियो ।

यसदिन पनि कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च २३१ अंकले झर्‍यो । होटल समूहमा ४७ अंक अनि जलविद्युत् समूहमा पनि ४६ अंकको गिरावट आयो ।

लघुवित्त समूह ४३ अंकले झर्दा उत्पादनमूलक समूह पनि ३७ अंकले घट्यो । वाणिज्य बैंक समूहमा पनि २१ अंकको गिरावट आयो । अरु समूह पनि दोहोरो अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १३ लाख ५३ हजार कित्ता सेयर साढे ६४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।