
काठमाडौं, वैशाख १४ । रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।
झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर–६ का ३५ वर्षीय थापालाई निर्दोष सावित गर्दै चन्द्रगढी कारागारबाट बुधबार मुक्त गरिएको हो ।
२०६४ जेठ २२ मा झापाको साविक टाघनडुब्बा–२ का गुलाम मिया मौलवीको घरबाट प्रहरीले रक्तचन्दन बरामद गरेको थियो । रक्तचन्दन लुकाएको आरोपमा मेचीनगर–१० का अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार दुई सय जरिवाना र ६ महिना कैदसजाय हुने ठहर गरेको थियो ।
मुद्दामा नाम थर मिलेका मेचीनगरका श्याम थापा पक्राउ परेका थिए । फरार खोज्दा प्रहरीले कतारबाट फर्किएका निर्दोष श्यामलाई पक्राउ गरी कारागार चलान गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्