मुलुकमा अस्थिरता मच्चाउन खोज्नेलाई नछाडिनेः गृहमन्त्री थापा • Image Khabar Image Khabar


मुलुकमा अस्थिरता मच्चाउन खोज्नेलाई नछाडिनेः गृहमन्त्री थापा


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार ११:४४

मुलुकमा अस्थिरता मच्चाउन खोज्नेलाई नछाडिनेः गृहमन्त्री थापा

भैरहवा, बैशाख १४ । गृहमन्त्री रामबहादुर थापाले आम नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न पाउने बताएका छन् ।

सरकारले नेपाली जनताको शान्ति सुरक्षा र विकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको बताउँदै गृह मन्त्री थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाडिने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरिएको कार्यक्रममा मन्त्री थापाले यातायात क्षेत्रको सिण्डीकेटको अन्त्य गरेरै छाड्ने बताए ।

उनले यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने बातावरणको सुरुवात गर्ने बताए ।

अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको बताउदै गृह मन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटना पूर्ण रुपमा रोक्ने दृढता गरे ।

प्रतिक्रिया दिनुहोस्