
कांग्रेस चितवनले शुक्रबार चितवनमा आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दैगर्दा अनेकौं लडाइँ हारेको तर युद्ध जितेको बताए ।
उनले भने–‘अब पाँच वर्ष कांग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोग हुँदैन । हामी सबै आस्थाका कारणले कांग्रेसमा लागेको हो ।’
थापाले ‘निर्वाचनमा जित र हार जे भएपनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छायाँ सरकारकारुपमा काम गर्नुपर्छ’–भने । रासस
प्रतिक्रिया दिनुहोस्