२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धनकुटाको पाल्लेखोला बगरमा फनपार्क रिसोर्ट र पिउनेपानी उद्योग


0
Shares

धनकुटा नगरपालिका वडा नम्बर–९ स्थित पात्लेखोला बगरमा फनपार्क रिसोर्ट र पिउनेपानी उद्योग सन्चालनमा ल्याउन लागिएको हो ।

धनकुटाका व्यवसायीहरु गोपाल गुरागाइँ, घनेन्द्र न्यौपाने र विष्णु गौतमको निजी साझेदारीमा ३ करोड ९२ लाख रुपैयाँको लागतमा पार्क र उद्योग सन्चालनमा ल्याउन लागिएको हो ।

साढे २० रोपनी क्षेत्रफलमा होटल तथा रेस्टुरेन्ट, स्वीमिङ पुल, बोटिङ, चिल्ड्रेन पार्क, वनभोजस्थल, होमस्टे शैलीमा आधारित बास र सेमिनार हल निर्माण गर्न लागिएको हो ।

यहाँ एकपटकमा १५० जना पाहुनालाई बस्न, खान र कार्यक्रम गर्ने सुविधा उपलब्ध गराइने तथा धनकुटा बजारलाई लक्षित गरेर दैनिक ४० हजार लिटर पिउनेपानी उत्पादन गर्ने लक्ष्य राखिएको सन्चालक घनेन्द्र न्यौपानेले बताए ।