रकम नभएको बैंक खाताको चेक दिंदा व्यवसायी ठगिए • Image Khabar Image Khabar


रकम नभएको बैंक खाताको चेक दिंदा व्यवसायी ठगिए


Imagekhabar
१५ बैशाख २०७५, शनिबार १५:३९

रकम नभएको बैंक खाताको चेक दिंदा व्यवसायी ठगिए

कपिलवस्तु, बैशाख १५ । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मोतिपुरस्थित कपिलवस्तु मल्टी एग्रो ईन्ड्रष्टिज प्रालि ले ठगेको गुनासो व्यवसायीले गरेका छन् ।

प्रालिले रकम नभएको खाताको चेक दिंदा व्यवसायी ठगिएका हुन् ।

तौलिहवामा प्रालिबाट ठगिएको भन्दै जिल्लाका १४ व्यवसायीका पक्षबाट तौलिहवा उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

१४ जना व्यवसायीले पाउनु पर्ने ५ करोड ९२ लाख ४६ हजार दुई सय रुपैयाँमा उक्त कम्पनीले इस्यु गरेको ३ करोड ३२ लाख ३७ हजारको चेक नसाटिएर फिर्ता भएको हो ।

कपिलवस्तु मल्टी एग्रो ईन्ड्रष्टिज प्रालिले दिएको नेपाल ईन्भेष्टमेन्ट बैंक भैरहवा शाखाको चेक फिर्ता भएका हुन् ।

यसरी रकम नपाउनेमा कपिलवस्तु नगरपालिका १० पचेहराको न्यु पुजा खाद्य उद्योगको १ करोड ७८ लाखभन्दा बढीका २५ लाख दरका ५ वटा चेक छन् ।

व्यवसायी र नेपाल ईन्भेष्टमेन्ट बैंक भैरहवा शाखाका प्रबन्धककै मिलेमतोमा आफुहरुले रकम नपाएको गुनासो व्यवसायीको छ ।

प्रालिका संचालक भिमलाल पौडेलले भने उधारोका कारण बजारबाट रकम नउठ्दा भुक्तानीमा समस्या परेको भन्दै एक साताभित्र व्यवसायीको रकम उपलब्ध गराउने बचन दिए ।

प्रतिक्रिया दिनुहोस्