
चितवन, बैशाख १५ । उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने निजी उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् ।
भरतपुरमा पत्रकारहरुसँग उहाँले बन्द उद्योग तथा कलकारखाना छिट्टै सञ्चालनमा ल्याइने बताए ।
निजीकरण गरेका कतिपय उद्योग चलाउनेभन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको मन्त्री यादवले बताए ।
उनले दाता खोजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरिने बताए ।
बैदेशिक लगानी, निजी क्षेत्र र आम जनतासँग पैसा उठाएर उद्योग संचालन गर्ने योजना मन्त्री यादवले सुनाए ।
प्रतिक्रिया दिनुहोस्