
गोरखा, बैशाख १५ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता प्रतिशतमा नभई सम्मानजनक हुनुपर्ने बताएका छन् ।
नेता श्रेष्ठले गोरखा सदरमुकाममा पत्रकारहरुसँग पार्टी एकता दुबै पार्टीलाई सम्मान हुने गरी गर्नुपर्ने बताए ।
एमाले र माओवादीबीचको पार्टी एकता ढिलो भएका सम्बन्धमा नेता श्रेष्ठले भ्रामक प्रचारबाट मुक्त भएर एकीकृत पार्टीको घोषणा छिट्टै हुने जानकारी दिए ।
नेता श्रेष्ठले नेपालको आन्तरिक मामालिमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने भन्दै विदेशीले हस्तक्षेप गर्ने दिन सकिएको जिकीर गरे ।
भारतले नेपालको आन्तरिक मामालिमा हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्