१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कांग्रेस महासमितिको बैठक छिट्टै बोलाइने


0
Shares

काठमाडौं, बैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बोलाइने बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशनमा देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताएपनि मितिबारे भने केही उल्लेख गरे ।

सभापति देउवाले महासमितिमा मुस्लिमका लागि आरक्षण कोटा बढाउने आश्वासन पनि दिए ।

यसैबीच मुस्लिम संघले मुस्लिमसँग सम्बन्धित बिदा कटौति गरेमा विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

देउवाले भने आफूले दिएको बिदा ओली सरकारले कटौति गरेको भन्दै असन्तुष्टी जनाएका थिए ।