
काठमाडौं, बैशाख १५ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा महासमितिको मिति तोक्ने बारे विवाद देखिएको छ ।
गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकको अन्ततिर आइपुग्दा महासमिति बैठकको मिति तोक्ने विषयमा विवाद भएको हो ।
संस्थापन पक्ष महासमिति बैठक केही ढिला बोलाउने अडानमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जतिसक्दो छिटो महासमिति बैठक बोलाउनुपर्ने पक्षमा छ ।
सभापति शेरवहादुर देउवा संघीय संरचना अनुसार पार्टीको विधान संशोधन गरेपछि मात्रै महासमिति बैठक बोलाउने पक्षमा छन् ।
नेताहरुले जारी केन्द्रीय समिति बैठक आज सकिने जनाए पनि बैठकबाट पारित गर्नुपर्ने प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।
प्रतिवेदन लेखनको लागि नेताहरु आन्तरिक छलफलमा छन् ।
बैठकले महासमितिको मिति,पार्टीको भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा औपचारिक धारणा सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्