प्रदेश नम्बर ७ मा अल्पकालिन बजेट सर्वसम्मतले पारित • Image Khabar Image Khabar


प्रदेश नम्बर ७ मा अल्पकालिन बजेट सर्वसम्मतले पारित


Imagekhabar
१५ बैशाख २०७५, शनिबार १९:४०

प्रदेश नम्बर ७ मा अल्पकालिन बजेट सर्वसम्मतले पारित

कैलाली, बैशाख १५ । प्रदेश नम्बर ७, सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि ल्याएको अल्पकालिन बजेट संसदबाट सर्वसम्मत रुपले पारित भएको छ ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पेश गरेको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट शनिबार बसेको संसद बैठकले सर्वसम्मतले पारित गरेको हो ।

बजेटको विपक्षमा कसैको मत नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतले बजेट स्वीकृत भएको घोषणा गरे ।

बजेट खर्च गर्ने अख्तियारी सम्बन्धि विनियोजन विधेयक २०७५ प्रति विपक्षी पार्टीका सांसदले असहमति जनाएनन् ।

उक्त विधेयक सर्वसम्मतले पारित भएको छ । यो विधेयक चालू आर्थिक वर्षसम्मका लागि मात्रै रहने छ ।

यसअघि, विपक्षी पार्टीका सांसदहरुले दुई वटा संशोधन प्रस्ताव दर्ता गरे पनि आजको बैठकबाट फिर्ता लिएपछि उक्त प्रस्तावमा छलफल भएन ।

प्रतिक्रिया दिनुहोस्