
काठमाडौं, वैशाख १६ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ ।
आइतबार उतारचढावबीच नेप्से ८ अंकले झरेर १३४९ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका आधा समूहमा सामान्य सुधार आयो भने आधा समूहमा गिरावट आयो ।
होटल समूह सबैभन्दा उच्च ३५ अंकले सुधारियो भने वाणिज्य बैंक समूह सबैभन्दा उच्च ११ अंकले झर्यो ।
यसदिन १६२ कम्पनीको ९ लाख ७८ हजार कित्ता शेयर ४० करोड ९९ लाख रुपैयाँ बराबरमा खरिदविक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सबैभन्दा धेरै प्रतिकित्ता १५१ रुपैयाँ गुमाए भने स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै प्रतिकित्ता १४६ रुपैयाँ कमाए ।
प्रतिक्रिया दिनुहोस्