
कैलाली, बैशाख १७ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन् ।
धनगढी बिमानस्थलमा सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले लोकतन्त्र रक्षाका लागि कांग्रेस लडिरहने बताए ।
सरकारले सम्पती शुद्धिकरण आयोग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्रीको मातहतमा ल्याएकोप्रति असन्तुष्टि जनाउँदै देउवाले अधिनायकवाद लाद्ने प्रयास भए कांग्रेस सडममा जाने बताए ।
दोधारा चाँदनीमा सुख्खा बन्दगाह बनाउने, डडेलधुराको पर्शराममा पुल निर्माण गर्ने र गौरीफण्टा नाकाको विषयमा आपूmले भारतसंग कुरा गरेको दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्