२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मध्यपहाडी लोकमार्गअन्तर्गत अछाम खण्डमा धमाधम काम, असोजभित्रै कालोपत्रे


0
Shares

कल्पना बोहरा/
अछाम, वैशाख १८ । मध्यपहाडी लोकमार्गअन्र्तगत अछाम खण्डको कालोपत्रे आगामी असोजभित्रै सक्नेगरी धमाधम काम भइरहेको छ ।

पूर्वको पाँचथर, चियो भञ्ज्याङ्देखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७६५ किलोमिटर लम्बाई रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाएको छ ।

नेपालको पूर्वदेखि सुदुरपश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा निर्माण भइरहेको यो सडकलाई देशको समृद्धिको एक आधारको रुपमा हेरिएको छ । यो आयोजनाअन्तर्गत अछाममा ६० किलोमिटर सडक पर्दछ ।

अछाममा निर्माण गर्नुपर्ने सडकलाई विभिन्न चारवटा खण्डमा विभाजन गरी तीव्रताका साथ निर्माण भइरहेको छ ।

२०७३ वैशाख १६ गते सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य रहेको यो आयोजनाको अछाम खण्डमा दुई वर्षमै लक्ष्यभन्दा १५ प्रतिशत बढि काम सम्पन्न भईसकेको छ । २ वर्षमा ४ वटै खण्डमा ५० प्रतिशत काम सक्नुपर्ने लक्ष्य भएपनि सबै खण्डमा ६५ प्रतिशतभन्दा बढी काम भईसकेको आयोजनाको पश्चिम खण्ड दाङका ईञ्जिनियर तुलाराम शर्माले बताए ।

यही गतिमा काम अघि बढे २०७५ असारभित्रै ७५ प्रतिशत सडक कालोपत्रे भईसक्ने उनको भनाइ छ । ढिलोमा २०७५ को असोज मसान्तसम्म अछामखण्ड कालोपत्रे भईसक्ने उनले बताए ।