माओवादी केन्द्रका अध्यक्ष दाहालसँग इजरायली राजदूतको भेट • Image Khabar Image Khabar


माओवादी केन्द्रका अध्यक्ष दाहालसँग इजरायली राजदूतको भेट


Imagekhabar
१८ बैशाख २०७५, मंगलवार ११:२३

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग इजरायली राजदूतको भेट

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि इजरायलका राजदूत बोनी ओमेरले भेट गर्दै कृषि क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

मंगलवार बिहान खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा अध्यक्ष दाहालले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए ।

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ,’ उनले भने ।

कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको दाहालको भनाइ थियो । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ उनले भने ।

इजरायलका राजदूत ओमेरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए । उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’

सिकौ र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्