
काठमाडौं, बैशाख १८ । मंगलबार सुनको भाउमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले कमी आएर ५८ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले उकालो लागेर ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले ओरालो लागेर ७ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंन्स १३ सय ९ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्