दश करोड रुपियाँ बढीको कारोबार गर्दै औद्योगिक व्यापार मेला सकियो • Image Khabar Image Khabar


दश करोड रुपियाँ बढीको कारोबार गर्दै औद्योगिक व्यापार मेला सकियो


Imagekhabar
१८ बैशाख २०७५, मंगलवार १९:३६

दश करोड रुपियाँ बढीको कारोबार गर्दै औद्योगिक व्यापार मेला सकियो

काठमाडौं, बैशाख १८ । शुक्रबार देखि राजधानीमा भएको नेपाल १४ औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मंगलबार सम्पन्न भएको छ ।

महोत्सव उत्साहजन रुपमा सम्पन्न भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

चौथोे दिनसम्म नै झण्डै दश करोड रुपियाँ बढीको कारोबार भएको महासंघले जनाएको छ । मेलामा डेढ लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको जनाइएको छ ।

मेलामा मन्त्री, पूर्व मन्त्री, स्थानीय निकायका जनप्रतिनिधि, नेपाल सरकारका उच्च पदस्त कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको महासंघले जनाएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ गरिएको प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताएका छन् ।

महासंघले गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्