
धनकुटा, बैशाख १९ । धनकुटा नगरपालिका नगर क्षेत्रको पर्यटन विकासका लागि सम्भावित स्थलको खोजीमा लागेको छ ।
सदरमुकामस्थित चुलिबन क्षेत्रमा लाखौ रुपैयाँ खर्च गरी पार्क निर्माणमा लागेको नगरपालिकाले चुलिबनमै प्याराग्लाइडिङ उडाउने तयारीसमेत गरेको छ ।
चुलिबनबाट प्याराग्लाइडिङ गरेर तमोरको किनारमा अवतरण गराउने तयारी गरिएको हो ।
धनकुटा नगरपालिकाको अगुवाइमा प्याराग्लाइडिङ उडानको परीक्षणका लागि केही दिनअघि एउटा टोली नै पुगेको थियो ।
तर प्राविधिक समस्याका कारण सो टोलीले परीक्षण गर्न भने पाएको थिएन ।
केही दिनपछि पुनः सोही टोलीले प्याराग्लाइडिङको परीक्षण गर्ने मेयर चिन्तन तामाङले जानकारी दिए ।
यता नगरपालिकाकै अगुवाइमा तमोर नदीको याक्चनाबाट मूलघाटसम्म र्याफ्टिङको समेत परीक्षण गरिएको छ ।
प्राविधिकहरुले तमोर नदीको ८ किलोमिटर दुरी र्याफ्टिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्