Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राप्रपा प्रजातान्त्रिकको बैठकमा पार्टी एकता हुने/नहुनेमा चिन्ता


0
Shares

काठमाडौं, कात्तिक ३० । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय कार्यसमितिको बैठकमा तीनओटै राप्रपाबीच एकीकरण प्रक्रिया अवरुद्ध भएको विषयमा छलफल भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकता हुने/नहुने सन्दर्भमा चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा एकीकरण प्रक्रियाको अहिलेसम्मको प्रगतिबारे पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले जानकारी गराएको पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

तीनओटै राप्रपामा नीति, सिद्धान्त र विचारमा मतभेद नरहेकाले एकीकरण प्रक्रिया छिट्टै अघि बढ्ने दाबी पनि गुरुङले गरे ।