१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेप्से ११ अंकले उकालो


0
Shares

यो हप्ताको पहिलो कारोबार बुधबार नेप्से सामान्य सुधारियो भने कारोबार न्यून रह्योे ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १३ सय ६० कायम भएर थामियो ।

उत्पादनमूलक र वित्त समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च १०७ अंकले उकालो लाग्यो । लघुवित्त समूहमा पनि ४६ अंकको सुधार आयो । जलविद्युत समूह २६ अंकले सुधारियो ।

होटल र अन्य समूह दोहोरो अंकले सकारात्मक रहँदा विकास बैंक र वाणिज्य बैंक समूह भने सामान्य अंकलेमात्र हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका ७ लाख ८५ हजार कित्ता सेयर जम्मा ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।