२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वाम गठबन्धनको सरकार बनेकाले श्रमिकले आन्दोलन गर्नु पर्दैनः प्रधानमन्त्री


0
Shares

महासंघको प्रतिनिधिमन्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा भेट गरी श्रमिकहरुका समस्या छिटै समाधान गर्न माग गरेको हो ।

भेटमा उनीहरुले नेपालमा श्रमिकहरुले भोग्नुपरेका समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराउदै नयाँ श्रम ऐन छिटै लागू गर्न माग गरेका छन् ।

महासंघले श्रमिकका लागि सामाजिक सुरक्षा कोषको स्थापना भएपनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जीवन श्रेष्ठले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा पनि श्रमिकका समस्याहरु सम्बोधन हुनुपर्ने बताए ।

प्रधानमन्त्रीसँगको भेटबारे जानकारी गराउँदै श्रेष्ठले श्रमिक वर्गको सबै अधिकार पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट व्यक्त भएको जानकारी दिए ।

मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हक-अधिकारका लागि आन्दोलन गर्नु नपर्ने प्रधानमन्त्रीले बताएका थिए ।