Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


‘सुन डन’ गोरेकी पत्नी निरु खरेल ‘डिभोर्स’को तयारीमा थिइन् !


0
Shares

काठमाडौं, वैशाख २१ । गृह मन्त्रालयको छानविन अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ भारत हुँदै तेस्रो मुलुक पुग्न सक्ने अनुमान गरिएको छ ।

‘कहाँ छन् सुन डन गोरे !’ शीर्षक र ‘पत्नी भन्छिन्–डिभोर्स दिन्छु’ उपशीर्षक समाचारमा राजधानी दैनिकले सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीले दिभोर्स दिने बताएको घटनाको विवरण पनि उल्लेख छ ।

छानविन समितिलाई मृतक सनमकी पत्नीले दिएको बयान उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘सनमलाई प्रहरीले पक्राउ गरेछ, गोरे दाइ कहाँ छन् भनी निरुसँग सोधेँ, उनको मोबाइल नम्बर माग्दा गोरेसँग सम्पर्क नभएको धेरै भइसक्यो, म त अब गोरे आउनेबित्तिकै डिभोर्स गर्छु, बरु तिमीसँग सम्पर्क भयो भने मलाई गोरेको नम्बर देऊ भनी फोन राखिन् ।’