कांग्रेसको निर्वाचित केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी मनोनयन गर्ने तयारी • Image Khabar Image Khabar


कांग्रेसको निर्वाचित केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी मनोनयन गर्ने तयारी


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १०:१९

कांग्रेसको निर्वाचित केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी मनोनयन गर्ने तयारी

काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसमा पदाधिकारी मनोनयन गर्नका लागि निर्वाचित केन्द्रीय समिति बैठक आज बस्दैछ ।

रिक्त पदाधिकारी मनोनयन गर्न दिउँसो २ बजे निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको हो ।

कांग्रेसको विधानमा पार्टी सभापतिले पदाधिकारी मनोनयनको प्रस्ताव निर्वाचित केन्द्रीय समितिमा राख्नुपर्ने उल्लेख छ ।

पदाधिकारी नियुक्तिकै लागि भनेर गत सोमबार बैठक बोलाइएकामा आफ्नो पक्षका सरोकारलाई बेवास्ता गरिएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक आजका लागि सारिएको थियो ।

गत सोमबारदेखि अहिलेसम्म सहमतिका लागि पहल भइरहेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारीको जिम्मेवारी क–कसलाई दिइन्छ भन्ने टुंगो भइनसकेको बताए ।

सभापति शेरबहादुर देउवाले आफ्ना पक्षबाटै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनको तयारी गरेका छन् । पौडेल पक्षले एउटा पदाधिकारी आफूहरुलाई दिनुपर्ने माग गरिरहेको छ ।

निर्वाचित केन्द्रीय समितिमा सभापति देउवा सहज बहुमतमा रहेका कारण उनको प्रस्ताव अनुमोदन हुने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्