Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन पहल गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता


0
Shares

काठमाडौं, कात्तिक ३० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले पहल गर्ने बताएका छन् ।

स्वर्गीय तुलाधरको १३ औं पुण्य तिथिमा आज काठमाडौंमा भएको कार्यक्रममा उनले पद्ममरत्न व्यक्तिमात्र नभई संस्था भएकाले सरकारले उनको सम्मान गर्ने बताए । तुलाधरले मानवअधिकारको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै मन्त्री पोखरेलले उनको बिचार सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

मानवअधिकारवादी नेता दमननाथ ढुंगाना, डा. ओम गुरुङ, मल्ल के सुन्दरले तुलाधर आदिवासी जनजाति आन्दोलनको अगुवा भएको बताए ।

नेपाल भाषाको संरक्षण र साहित्यमा तुलाधरको विशेष योगदान रहेको उनीहरुको भनाइ थियो । उनीहरुले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरे ।