२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पुष्पकमल दाहालको छलफल


0
Shares

काठमाडौं, वैशाख २१ । वृहत वाम एकता गराउने भन्दै केहीदिन यता प्रयासरत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।

एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग छलफल गरेका हुन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका भट्टराई र यादवसँग थप के के विषयमा छलफल भयो भन्ने प्रष्ट खुलाइएको छैन ।

एमालेसँग अनुकूल रुपमा पार्टी एकता हुन नसकेको अवस्थामा के विकल्प हुनसक्छ भन्नेलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।